१ कार्तिक २०८१, बिहीबार

कांग्रेसद्वारा विभिन्न वडामा आमसभा



धनगढी । नेपाली काँग्रेसले बुधबार धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा चुनावी आमसभा तथा कोण सभा गरेको छ ।
यस क्रममा उपमहानगरपालिकाको वडा नम्बर १२ मा चुनावी आमसभा गरेको थियो ।
ठूलो संख्यामा महिलासहित जनसमुदाय सहभागी रहेको आम सभामा कैलाली क्षेत्र नम्बर ६ का सांसद पुष्करनाथ ओझाले नेपालमा संविधान सभाबाट संविधान जारी गर्नेदेखि हरेक निर्णायक कार्यको नेपाली काँग्रेसले नेतृत्व गरेका कारण सम्भव भएको चर्चा गरे ।
कार्यक्रममा काँग्रेसका पूर्व केन्द्रीय सदस्य सुनीलकुमार भण्डारीले हरेक राजनीतिक आन्दोलनको नेतृत्व नेपाली काँग्रेसले नै गरेको इतिहासको तथ्य रहेको चर्चा गरे ।
कार्यक्रममा सांसद प्यारेलाल राना, धनगढी उपमहानगरपालिकाको प्रमुखका उम्मेदवार नृप वड, उपमेयरका उम्मेदवार सुशीला मिश्र भट्ट, महासमिति सदस्य नारायणदत्त भट्ट, क्षेत्रीय सभापति हरिश खड्का, महिला नेतृ दिव्यश्वरी शाह, नेविसंघका जिल्ला अध्यक्ष विनय लामा, वडाध्यक्षका उम्मेदवार गणेशदत्त जोशी, कुवेर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कार्यबाहक वडा सभापति प्रताप बिष्टको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार