११ श्रावण २०८१, शुक्रबार

समृद्धिका लागि एमालेको सरकार आवश्यक : रावल



धनगढी । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले मुलुकको आर्थिक समृद्धिका लागि गाउँदेखि केन्द्रसम्म एमालेको सरकार बन्नुपर्ने दाबी गरेका छन् ।
धनगढी उपमहानगरपालिकाको जुगेडामा सोमबार एक चुनावी सभामा उपाध्यक्ष रावलले कांग्रेसले पटकपटक बहुमत पाएर पनि सरकार चलाउन नसकेको आरोप लगाए ।
उनले गाउँ, नगर, प्रदेशदेखि केन्द्रसम्म एमालेले जितेमा रोजगारीका लागि विदेशिने नेपालीलाई घरआँगनमै रोजगारी दिने दाबी गरे ।
एमाले निर्वाचन परिचालन समितिका संयोजक दिनेशचन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर पदाका उम्मेदवार दुर्गाप्रसाद जोशी, उपमेयर पदका उम्मेदवार रुक्मणी देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा गायक/गायिका वद्री पंगेनी र प्रिया भण्डारीले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरू महेश्वर पाठक, सोम मिश्र र झपट रावल, नारदमुनी राना लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार