१२ श्रावण २०८१, शनिबार

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु



धनगढी । कैलालीमा सोमबार छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कैलालीको पूर्वपश्चिम राजमार्गको हरैया शिविर नजिकै सोमबार साँझ ट्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अत्तरियाबाट वनवेहडातर्फ आइरहेको से १ त ९८७५ नम्बरको ट्याक्टरबाट खसेर गोदावरी नगरपालिका–५, गेटाका ४५ वर्षीय मसीराम चौधरीको घटनास्थलमै मृत्यु भएको थियो
ट्याक्टर र चालक इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको ।
उता टीकापुरमा मोटरसाइकलको ठक्करबाट सोमबार नै नगरपालिका–९, खक्रौलाका ४५ वर्षीय मोतिलाल शाहीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार आइतबार साँझ से १ प ४३७२ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा आइतबार मृत्यु भएको थियो ।
प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार