१२ श्रावण २०८१, शनिबार

गोदावरी पूर्ण खोपयूक्त घोषणा



धनगढी । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप हाम्रो प्रतिवद्धता’ नारासहित कैलालीको साविक गोदावरी गाविसलाई पूर्ण खोपयूक्त घोषणा गरिएको छ ।
सो गाविसमा १२ देखि २३ महिनासम्मका तीन सय ४३ बालबालिकाले ११ प्रकारका रोग विरुद्धको खोप प्राप्त गरेपछि पूर्ण खोप घोषणा गरिएको जनाइएको छ ।
कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले एक कार्यक्रमबीच प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेर पूर्ण खोप घोषणा गरे ।
वडा सचिव देवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका जिल्ला प्रवन्धक नरेश चौधरी, कोल्ड चेन अधिकृत कृष्ण श्रेष्ठ, महिला स्वयंसेविका संगीता बडैला लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
स्वास्थ्य चौकीका ईन्चार्ज सत्यराज फुलाराले प्रगती प्रतिवेदन पेश गरेको कार्यक्रममा सिनियर अहेव कृष्णबहादुर खड्काले स्वागत तथा सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार