६ कार्तिक २०८१, मंगलवार

मनसुन पूर्व तयारी कार्यशाला



धनगढी । धनगढीमा शनिबार अपाङ्गता भएका व्यक्तिहरूलाई सहभागी गराएर बाढी तथा मनसुन पूर्वतयारी कार्यशाला गोष्ठी आयोजना भएको छ ।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले बृटिस रेडक्रस सोसाइटीको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा धनगढी उपमहानगरपालिकामा सञ्चालित उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रमअन्र्तगत अपाङ्गता भएका व्यक्तिहरूसंग गोष्ठी आयोजना गरेको जनाएको छ ।
कैलालीमा प्रत्येक वर्ष बाढीले धनजनको क्षति पुर्‍याउने स्थिति दृष्टिगत गरी सो कार्यक्रम आयोजना गरिएको जिल्ला कार्यक्रम संयोजक ईश्वरदेव जोशीले जानकारी गराए ।
सो कार्यक्रममार्फत वाढीपूर्व के कस्ता गतिविधिहरू सञ्चालन गर्ने, वाढीको समयमा कसरी आफू र आफ्नो परिवार तथा समुदायलाई सुरक्षित ठाउँमा स्तानन्तरण गर्ने र वाढी पश्चात के कस्ता गतिविधि तथा क्रियाकलाप कहाँ गर्ने, कसले गर्ने ? सम्वन्धमा कार्ययोजनासहित गोष्ठी आयोजना गरिएको उनले बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका क्षेत्रमा बसोबास गर्ने शारीरिक रूपमा अपाङ्गता भएका नेत्रहिन तथा बहिरा लगायत ३६ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार