१२ श्रावण २०८१, शनिबार

चुनावी गतिविधि : काँग्रेसद्वारा दर्जन बढी टोलमा चुनावी सभा



धनगढी । नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका एक दर्जन बढी टोलमा शनिबार चुनावी सभा तथा घरदैलो गरेको छ ।
यस क्रममा वडा नम्बर १ का शिवनगर चोक, लक्ष्मीनगर, पशुपतिटोल, कृष्णटोल लगायतका स्थानमा चुनावी सभा तथा घरदैलो गरेको छ ।
त्यस्तै, शनिबार नै वडा नम्बर ५ र ३ का विभिन्न स्थानमा चुनावी सभा र घरदैलो गरिएको जनाइएको छ ।
चुनावी सभाहरूमा कैलाली क्षेत्र नम्बर ६ का सांसद पुष्करनाथ ओझा, महासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार नृप वड, उपमेयरका उम्मेदवार सुशीला भट्ट मिश्र, वडा नम्बर १ का वडाध्यक्षका उम्मेदवार सन्तोष मुडभरी, सदस्य पदका उम्मेदवार सुवास चन्द, धर्मराज उपाध्याय, महिला सदस्य मिनाक्षी सिंह, वडा नम्बर ५ का वडाध्यक्षका उम्मेदवार हिरासिंह पातली, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार