६ कार्तिक २०८१, मंगलवार

चुनावी गतिविधि : काँग्रेसको तीन ठाउँमा चुनावी सभा



धनगढी । चुनावी प्रचारप्रसारलाई तीब्र बनाइरहेको नेपाली काँग्रेस धनगढी उपमहानगर समितिले शुक्रबार तीन वडा वडामा चुनावी सभा गरेको छ ।
उपमहानगरपालिकाको वडा नम्बर २, पिपलचौतारामा भएको चुनावी सभामा कैलाली क्षेत्र नम्बर ६ का सांसद पुष्करनाथ ओझाले नगरको तीब्र आर्थिक समृद्धिका लागि नेपाली काँग्रेसलाई विजयी गराउन
आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता आनन्दराज जोशी, उपमहानगरपालिका प्रमुख (मेयर) पदका उम्मेदवार नृप वड, उपमेयरका उम्मेदवार सुशीला मिश्र भट्ट, काँग्रेसका महाधिवेशन प्रतिनिधि टेकबहादुर रैका, जिल्ला सदस्य नृप सुनार र केशवराज मिश्र, वडाध्यक्षका उम्मेदवार नरबहादुर बम, नेविसंघका केन्द्रीय उपाध्यक्ष पुष्पराज शाही, सहमहामन्त्री प्रेमराज जोशी, तरुण दलका नेता रवि खड्का, क्षेत्रीय अध्यक्ष केशव जोशी, नगर अध्यक्ष भक्तबहादुर बिष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी, वडा नम्बर ४ मा भएको चुनावी सभामा उपमहानगरपालिका मेयरमा नेपाली काँग्रेसका उम्मेदवार वड, उपमेयरका उम्मेदवार भट्ट, वडाध्यक्षका उम्मेदवार दीपक थापा, वडा सभापति अनन्तराज जोशी, तरुण दलका रवि खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
शुक्रबार नै वडा नम्बर १२ को ‘ए’ गाउँमा भएको चुनावी सभामा मेयर पदका उम्मेदवार वड, उपमेयरका उम्मेदवार भट्ट, वडाध्यक्षका उम्मेदवार गणेश जोशी, कार्यबाहक वडा सभापति प्रताप बिष्ट, जिल्ला सदस्य नृप सुनार र केशवराज मिश्र लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार