१२ श्रावण २०८१, शनिबार

एमालेद्वारा विकास योजना प्रस्तुत



टीकापुर । टीकापुर नगरपालिकामा एमालेका तर्फबाट उम्मेदवार रहेकाहरूले नगरको विकासका लागि योजना प्रस्तुत गरिरहेका छन् । चुनावी प्रचारप्रसारका क्रममा एमालेका मेयर पदका उम्मेदवार तपेन्द्र रावल तथा उपमेयरका उम्मेदवार कमला केसीले टीकापुरका हरेक वडामा फ्रि वाईफाई जोन, पाँच वर्षभित्र आइटी पार्क स्थापना, ई–लाइब्रेरी सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै, टीकापुर टीकापुर पार्क, डल्फिन क्षेत्र तथा र्‍याफटिङसहित पर्यटन क्षेत्र विकास गरिने पनि प्रतिवद्धता व्यक्त गरे । त्यस्तै, टीकापुर विमानस्थलको स्तरोन्नती गरेर हवाई सेवा सञ्चालन गरिने पनि उनीहरूले प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार