१२ श्रावण २०८१, शनिबार

फोरम लोकतान्त्रिकले उम्मेदवारको टुंगो लगायो



धनगढी । स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि नेपाल लोकतान्त्रिक फोरम, कैलालीले जिल्लाका ११ वटा तहमा उम्मेदवारको टुंगो लगाएको छ ।
जिल्लाको एक उपमहानगरपालिका, ६ नगरपालिका र ४ गाउँपालिकाका लागि फोरमले उम्मेदवारको टुंगो लगाएको जनाएको छ । शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै फोरम लोकतान्त्रिकले जिल्लाका दुई गाउँपालिकामा आफ्नो संगठन नभएकाले उम्मेदवारी नदिएको जानकारी दियो ।
फोरम लोकतान्त्रिकले धनगढी उपमहानगरपालिकामा मेयर (प्रमुख) पदका लागि प्रेम विसी र उपमेयरका लागि दुर्गा कुश्मीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, टीकापुर नगरपालिकामा मेयरमा लौटन चौधरी र उपमेयरमा सुदेशनी चौधरी, लम्कीचुहा नगरपालिकामा मेयरमा अरुणकुमार चौधरी र उपमेयरमा धनदेवी चौधरी र भजनी नगरपालिकामा मेयरमा केवल चौधरी र उपमेयरमा धनवासी चौधरीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, घोडाघोडी नगरपालिका मेयरमा चन्द्रकुमार चौधरी र उपमेयरमा चैतीदेवी विश्वकर्मा, गौरीगंगा नगरपालिमा मेयरमा खुशीराम चौधरी र उपमेयरमा शारदा चौधरी र अत्तरिया नगरपालिका मेयरमा शारदा केसी तथा उपमेयरमा मणिराम चौधरीलाई उम्मेदवार चयन गरेको सो पार्टीले जनाएको छ ।
त्यस्तै, कैलारी गाउँपालिका अध्यक्षमा कलेशु चौधरी र उपाध्यक्षमा गीतादेवी चौधरी, जोशीपुर गाउँपालिका अध्यक्षमा विरुप्रसाद चौधरी र उपाध्यक्षमा किरण चौधरी, बर्दगोरिया गाउँपालिकाका अध्यक्षमा वीरबहादुर डंगौरा थारु र उपाध्यक्षमा कृष्णकुमारी चौधरी तथा जानकी गाउँपालिका अध्यक्षमा प्रदीपकुमार चौधरी र उपाध्यक्षमा उमा महतोलाई छनौट गरिएको पार्टीका सहअध्यक्ष भानुराम चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार