६ कार्तिक २०८१, मंगलवार

भजनीका पाँच वडा पूर्ण खोपयुक्त



धनगढी । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप हाम्रो प्रतिवद्धता’ नारासहित कैलालीको भजनीत्रिशक्ति नगरपालिकाको वडा नम्बर ४, ५, ६, ७ र ८ लाई बिहीबार पूर्ण खोपयूक्त घोषणा गरिएको छ ।
ती वडामा १२ देखि २३ महिनासम्मका तीन सय ४४ बालबालिकाले ११ प्रकारका रोग विरुद्धको खोप प्राप्त गरेपछि पूर्ण खोप घोषणा गरिएको जनाइएको छ ।
कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले एक कार्यक्रमबीच प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेर ती वडालाई पूर्ण खोप घोषणा गरे ।
भजनी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष राजाराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मोहन्याल क्याम्पसका प्रमुख ओम जोशी, वल्र्डभिजनका लोकप्रसाद गौचन, वालकल्याण संघका धनबहादुर विक, वडा नागरिक मञ्चका वसन्त नेपाली, महिला स्वयंसेविका शान्ति लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
स्वास्थ्य केन्द्रका ईञ्चार्ज डाक्टर ईन्द्र पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन गजेन्द्र चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार