६ कार्तिक २०८१, मंगलवार

मिनिसार्क सम्मेलन



धनगढी । धनगढीस्थित एक्सीस विद्याश्रमको आयोजनामा बिहीबार धनगढीमा मिनी सार्क सम्मेलन भएको छ ।
सिर्जनशील शिक्षा कार्यक्रम अन्तर्गत विद्यार्थीको प्रतिभा प्रस्फुटन र पढेको व्यवहारमा उतार्ने क्षमता बढाउनका लागि मिनी सम्मेलन भएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले आठवटै देशको प्रतिनिधित्व गर्दै आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं प्रयोगात्मक नमुना सार्क सम्मेलन भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पञ्चोदय उमाविका प्राचार्य पदम कुँवर रहेका थिए । कार्यक्रमको सञ्चालन छात्रा शिद्धि पन्तले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार