१२ श्रावण २०८१, शनिबार

चुनावी गतिविधि : टीकापुरमा एमालेको चुनावी कार्यक्रम



टीकापुर । नेकपा (एमाले)ले कैलालीको टीकापुरको विभिन्न ठाउँमा बिहीबार भेला तथा सभा गरेको छ । यस क्रममा वडा नम्बर ५, साईपुर तथा वडा नम्बर ६ मा भेटघाट र भेला भएका छन् ।
विभिन्न ठाउँमा भएका भेलामा एमाले केन्द्रीय सदस्य तथा सांसद गरिमा शाहले मन्तव्य व्यक्त गरेकी थिइन् ।
चुनावी प्रचारप्रसारका क्रममा पहिलो चरणमा घरदैलो कार्यक्रम गरेको एमालेले आन्तरिक भेलालाई तीव्र पारेका छन् ।
एमालेका तर्फबाट टीकापुर नगरपालिका प्रमुख पदका उम्मेदवार तपेन्द्र रावल र उपप्रमुखका उम्मेदवार कमला केसीसहित कार्यक्रममा सहभागी भएका थिए ।
यस्तै, एमालेले टीकापुर नगर क्षेत्रमा युवा तथा विद्यार्थी परिचालन कमिटी गठन गरेको समितिका संयोजक केशवसिंह ठकुरीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार