६ कार्तिक २०८१, मंगलवार

जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्यजाँच



धनगढी । कैलालीको गौरीगंगा नागरपालिकाका ज्येष्ठ नागरिकलाई बुधबार नि:शुल्क स्वास्थ्य चेकजाँच गरिएको छ ।
गौरीगंगा नगरपालिकाको आर्थिक सहयोगमा मानव स्वास्थ्य विकास केन्द्रले सो शिविर सञ्चालन गरेको जनाइएको छ ।
शिविरमा छ सय जना ज्येष्ठ नागरिकले स्वास्थ्य परीक्षण गराएका थिए । तीमध्ये दुई सय ६० जनामा सुगर र मृगौलाको स्वास्थ्य परीक्षण गरिएको गौरीगंगा नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज विनाडीले जानकारी दिए । विनाडीका अनुसार शिविरमा अधिकांस ज्येष्ठ नागरिकमा दम, प्रेसर र सुगरको समस्या देखापरेको थियो ।
गौरीगंगा नगरपालिकाले ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत सो शिविर सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार