११ श्रावण २०८१, शुक्रबार

१८ घन्टापछि फोरमका नेता थुनामुक्त



धनगढी । मधेशी जनअधिकार फोरम कैलालीका अध्यक्ष, उपाध्यक्षसहितका पदाधिकारी १८ घण्टापछि थुनामुक्त भएका छन् ।
टिकट वितरणमा मनोमानी गरेको भन्दै असन्तुष्ट पक्षले फोरमका जिल्ला अध्यक्ष विरु चौधरी, उपाध्यक्ष गयाप्रसाद कुश्मी लगायतका पदाधिकारीलाई मंगलबार साँझ ५ बजेदेखि कार्यालयभित्रै थुनेका थिए । उनीहरूलाई बुधबार बिहान ११ बजे कार्यकक्षबाट बाहिर निकालिएको थियो ।
फोरमका पदाधिकारीहरूले असन्तुष्ट उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेपछि उनीहरूलाई बाहिर निकालिएको भजनी नगरपालिकामा उपमेयरकी आकांक्षी रामकुमारी चौधरीले जानकारी दिए ।
भजनी नगरपालिकाकी उपमेयरकी आकाक्षी रामकुमारी, घोडाघोडी नगरपालिकाका मेयरका आकांक्षी योगेन्द्र विष्ट, धनगढीका मेयरका आकांक्षी शिवराज गुरुङ, जानकी गाउँपालिकामा अध्यक्षका आकांक्षी रामप्रसाद चौधरी, रजमति चौधरी, जयप्रकाश दहित, पार्वती चौधरी लगायतका असन्तुष्टहरूले उनीहरूलाई पार्टीको कार्यकक्षमा थुनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार