१२ श्रावण २०८१, शनिबार

जन्मदिनमा शैक्षिक सामग्री वितरण



लम्की । पत्रकार एवं शिक्षक रंग तिमिल्सिनाले आफ्नो जन्मदिनको अवसरमा सात जना विद्यार्थीलाई बुधबार शैक्षिक सामग्री वितरण गरेका छन् ।
उनले कैलालीको लम्कीचुहा नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा अध्यनरत सात जना विद्यार्थीलाई आफ्नो ३६ औं जन्मदिवसमा शैक्षिक सामग्री वितरण गरेको बताए ।
पहिलो पटक जन्मदिन मनाएका पत्रकार तिमिल्सिनाले विपन्न अवस्थाका सुनिता कठरिया, भक्तबहादुर बुढा, पूजा घर्तीमगर, छत्र चलाउने, सुजिता चौधरी र रोहिता नेपालीलाई किताबकापी, पेन्सील, झोला र विद्यालय पोशाक वितरण गरेको बताए ।
तिमिल्सैना नेपाल प्रेस युनियन लम्की शाखाको संस्थापक सभापति, नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद, लम्की सञ्चार समूहको सल्लाहाकार, रेडक्रस सोसाईटी बलिया उपशाखाको सभापति, नगर बालअधिकार संरक्षण तथा सम्र्बद्धन समितिको सचिव पनि रहेका छन् ।
सो अवसरमा विश्व हिन्दु एकता परिषद् नेपाल, कैलाशधाम तीर्थस्थल बल्चौरका अध्यक्ष लक्षिराम रिमाल, लायन्स क्लव लम्कीका अध्यक्ष डाक्टर छविराज जोशी, नेपाल पत्रकार महासंघ कैलालीका सदस्य देवानन्द न्यौपाने, लम्की जेसिजका अध्यक्ष जुगराम चौधरी, झुमा आचार्य, दीपेन्द्र गौतम, निर्मला तिमिल्सैना लगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार