६ कार्तिक २०८१, मंगलवार

खुला दिसामुक्त घोषणा



धनगढी । कैलालीको साविक पथरैया गाविसको वडा नम्बर–६ लाई बुधबार खुला दिसामुक्त घोषणा गरिएको छ ।
दुई सय ७६ घरघुरी संख्या रहेको सो वडाका सबै घरधुरीले शौचालय निर्माण गरी प्रयोगमा ल्याएपछि खुला दिसामुक्त घोषणा गरिएको गाविसस्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक नारदानन्द उपाध्याले बताए ।
साविक पथरैया गाविसको खुला दिसामुक्त घोषणा भएको यो नवौ वडा हो ।
कार्यक्रम वडा नागरिक मञ्चका संयोजक मितु थारूको अध्यक्षतमा भएको थियो ।
सो अवसरमा जानकी गाउँपालिका सचिव नारदानन्द उपाध्याय, पथरैया स्वास्थ चौकीका सिनियर अहेव बद्रिनारायण चौधरी, नेपाली कंग्रेसका जनक थापा, नेत्रप्रसाद जैसी, नन्दराम जैसी, मानबहादुर चौधरी, र धनादेवी शाह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार