११ श्रावण २०८१, शुक्रबार

कार्यालयभित्रै थुनिए फोरमका पदाधिकारीहरू



धनगढी । मधेशी जनअधिकार फोरम कैलालीका अध्यक्ष, उपाध्यक्षसहित कार्यसमितिका पदाधिकारी मंगलबार कार्यालयभित्रै थुनिएका छन् ।
टिकट वितरणमा मनोमानी गरेको भन्दै असन्तुष्ट पक्षले फोरमका जिल्ला अध्यक्ष विरुप्रसाद चौधरी, उपाध्यक्ष गयाप्रसाद कुश्मी, थरुहटका अध्यक्ष विरु चौधरीसहित पदाधिकारीलाई कार्यलभित्रै थुनेको बताइएको छ ।
भजनी नगरपालिकाकी उपमेयरकी आकाक्षी रामकुमारी चौधरी, घोडाघोडी नगरपालिकाका मेयरका आकाक्षी वरिष्ठ नेता योगेन्द्र विष्ट, धनगढीका मेयरका आकाक्षी शिवराज गुरुङ, जानकी गाउँपालिकाका मेयरका आकांक्षी रामप्रसाद चौधरी, उपमेयर रजमति चौधरी वडा नम्बर ५ का वडा अध्यक्षका आकांक्षी जयप्रकाश दहित, महिला सदस्य पार्वती चौधरी लगायतका असन्तुष्ट व्यक्तिले साँझ उनीहरूलाई पार्टीको कार्यकक्षमा थुनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार