६ कार्तिक २०८१, मंगलवार

संघीय गठबन्धनद्वारा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक



धनगढी । राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको कैलाली जिल्लाको संघीय गठबन्धनले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।
संघीय गठबन्धनका संयोजक रामलक्ष्मण ठाकुरको अध्यक्षतामा मंगलबार बसेको बैठकले आज (बुधबार) जिल्लाका मुख्य ठाउँहरूमा मसाल जुलुस प्रर्दशन गर्ने, १/२ गते जिल्ला बन्द, निर्वाचन विरुद्ध प्रचार–प्रसार गर्ने, वडा, गाउँपालिका, नगरपालिका र उप–महानगरपालिकाका निर्वाचन केन्द्रहरूमा तालाबन्दी गर्ने लगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार