१२ श्रावण २०८१, शनिबार

पूर्णखोप क्षेत्र घोषणा



धनगढी । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ साविकको रामशिखरझाला र चुहा गाविसलाई मंगलबार पूर्ण खोप घोषणा गरिएको छ ।
पूर्ण खोप घोषणा भएको रामशिखरझालामा गाविसमा १२ देखि २३ महिनासम्मका चार सय ३८ बालबालिका र चुहाको एक हजार ७८ बालबालिकाले ११ प्रकारको रोग विरुद्धको खोप प्राप्त गरेपछि उक्त गाविसलाई पूर्ण खोप घोषणा गरिएको हो ।
साविकको रामशिखरझाला गाविस र चुहा गाविस पूर्ण खोप घोषणा भएसंगै घोडाघोडी नगरपालिका र लम्की चुहा नगरपालिका पूर्ण खोप नगरपालिका भएका छन् । यसअघि कैलारी गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप गाउँपालिका भईसकेको छ भने जोशीपुर दोस्रो, घोडाघोडी तेस्रो र लम्की चुहा नगरपालिका चौथो पूर्ण खोप नगरपालिका/गाउँपालिका घोषणा भएका छन् ।
मंगलबार एक कार्यक्रमबीच वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले प्रतिवद्धतापत्रमा हष्ताक्षर गरी साविकका गाविसलाई पूर्ण खोप घोषणा गरे ।
कार्यक्रममा स्वयंसेविका, आमा समूह, नगरिक वडा मञ्च लगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार