१२ श्रावण २०८१, शनिबार

पाँच वडा पूर्ण खोपयुक्त घोषणा



लम्की । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप हाम्रो प्रतिवद्धता’ नारासहित कैलालीको लम्कीचुहा नगरपालिकाको वडा नम्बर १, २, ३ ४ र ५ लाई सोमबार पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । ती वडाहरू साविक बलिया गाविसमा पर्दछन् ।
ती वडाहरूमा १२ देखि २३ महिनासम्मका एक हजार ७८ बालबालिकाले ११ प्रकारका खोप प्राप्त गरेपछि पूर्ण खोप घोषणा गरिएको जनाइएको छ ।
कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले एक कार्यक्रमबीच प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेर ती वडालाई पूर्ण खोप घोषणा गरे ।
सो अवसरमा वरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाईले पूर्ण खोप घोषणाभन्दा पनि दिगो राख्न चुनौति रहेको दोहोर्‍याए ।
बलिया स्वास्थ्य चौकी व्यवस्थापन समिति सदस्य बिमला सिंह न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी ईञ्चार्ज बलबहादुर रावलले गरेका थिए । कार्यक्रममा पूर्ण खोपका लागि स्वास्थ्य चौकीले गरेका कामकारबाहीबारे चौकीका सिनियर अहेव गंगाराम उपाध्यायले जानकारी गराएका थिए ।
कार्यक्रममा स्वाथ्य महिला स्वयंसेविका पार्वती बजगाईं, शिक्षक रूपलाल जैशी, रतन सुनार, कृष्ण घर्तिमगर, नवलसिंह भण्डारी, रमेशकुमार रावल, अविलाल चौलागाई, धर्मराज शाही, दलबहादुर रावल, रामबहादुर बिष्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार