१२ श्रावण २०८१, शनिबार

तरकारी खेती तालिम



धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा महिलाहरूका लागि सञ्चालित तरकारी खेती तालिम सोमबार समापन भएको छ ।
दलित जागरण केन्द्र, धनगढीको आयोजनामा तीन दिनदेखि सञ्चालित सो तालिममा ३५ जना महिला किसानको सहभागिता रहेको थियो ।
जिल्ला समन्वय समिति, कैलालीको सहयोगमा सञ्चालित सो तालिमको कृषि प्राविधिक अमितकुमार कठरियाले सहजीकरण गरेका थिए ।
तालिम समापन समारोहमा दलित जागरण केन्द्रकी अध्यक्ष विन्दा देवल, सहभागी किसान सुन्दरी चौधरी, लक्ष्मी नेपाली र सुमन चौधरीले मन्तव्य व्यक्त गरेका थिए ।
समापन समारोह माया जोगीको अध्यक्षतामा भएको थियो । सो अवसरमा संस्थाका अध्यक्ष देवलले सहभागी किसानलाई वर्षे तरकारीको वीऊ वितरण गरेकी थिइन् ।
सो अवसरमा महिला समूह मसुरियाले महिला सशक्तीकरण, मुक्त कमैया, मुक्त हलिया र दलित समुदायको अधिकारका लागि पैरवी तथा संघर्ष गरेवाफत दलित जागरण केन्द्रका अध्यक्ष बिन्दा देवललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार