२९ मंसिर २०८२, सोमबार

ओलीका सदाबहारका समर्थक दयालबहादुर शाही प्यानलमा परेनन्




काठमाडौ/ नेकपा (एमाले) को ११ औ महासिधवेशनका लागि दयालबहादुर शाही प्यानलमा परेनन् । बाजुराका शाही सदाबहार ओली समर्थक मानिन्छन् ।

उनी विगठित प्रतिनिधि सभा सदस्य थिए । शाहीले ओली जिते आफू जिते जस्तै हुने भन्दै आफू हुने भन्दा पनि ओलीलाई फेरि अध्यक्ष बनाउने अभियानमा रहेको बताए ।

शाहीले लामो समयदेखि ओलीको पक्षमा सामजिक सञ्जालमा हजारौ स्टाटस र विभिन्न सञ्चार माध्याममा सयौ अन्तरवार्ता दिएका छन् ।

उनी छैटौ महाधिवेशनदेखि नै ओली निकट छन् । सातौ महाधिवेशनपछि ओलीको प्षमा लेख्दा साधारण सदस्य र उपसचिव पद पनि गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार