चर्चित नेता भट्ट, पाठकदेखि सिंहसम्मले ओली समुहमा परेनन्

काठमाडौ/नेकपा (एमाले) को ११ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको प्यानलमा पर्ने अनुमान गरिएका कञ्चनपुरका डा. दीपकप्रकाश भट्ट, कैलालीका पूर्व प्रदेश सचिव धर्मराज पाठक, युवासंघका पूर्व केन्द्रीय अध्यक्ष बचनबहादुर सिंह केन्द्रीय सदस्य सूचीमा नपरेको पाइएको छ ।
तीनै जनाले ओली समुहबाट उम्मेदवार हुने गरेर लविंग गरेका थिए । तीनै जनाले पहिलो पटक एमालेको केन्द्रीय सदस्य हुने प्रयास गरेका थिए ।
पाठकले अब आफू उम्मेदवार नबन्ने बताए भने डा. भट्ट सउम्मेदवार बन्ने कुरामा सल्लाहमै छन् ।




