२७ मंसिर २०८२, शनिबार

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता सम्पन्न



रुकुम पूर्व । रुकुमकोटमा पहिलोपटक आयोजना गरिएको इन्डोर स्केटिङ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताअन्तर्गत सिनियर तथा जुनियर विधामा पुरुष र महिला तर्फ प्रतिस्पर्धा गरिएको थियो।

सिनियर पुरुष तर्फ निरज मल्ल प्रथम हुँदै बिजेता बनेका छन्। नबिन पुन दोस्रो र सुशील श्रेष्ठ तेस्रो स्थानमा रहे। सिनियर महिला तर्फ जेनिशा श्रेष्ठ प्रथम, सपना श्रेष्ठ दोस्रो र वर्षा रोका तेस्रो भएकी छन्। यस विधामा प्रथम हुनेले १० हजार, दोस्रोले ७ हजार पाँच सय र तेस्रोले ५ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

त्यसैगरी, जुनियर पुरुष तर्फ क्रिश विक्रम प्रथम, जेनिश श्रेष्ठ दोस्रो र मिकल नेपाली तेस्रो भए। जुनियर महिला तर्फ युनिका बी.के. प्रथम, आयुष्मा रोका दोस्रो र सुईसान्मी रोका तेस्रो स्थानमा रहिन्। जुनियर विधाका विजेताहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

कार्यक्रममा नेपालमा युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको स्केटिङ खेलको विकास, प्रवर्द्धन तथा व्यवसायिक विस्तारका लागि यस्ता प्रतियोगिताहरू आवश्यक रहेको संघका अध्यक्ष अचुत खनालले बताए। उनले आगामी दिनमा अझ व्यवस्थित र ठूला प्रतियोगिता आयोजना गर्ने योजना रहेकोसमेत जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार