२९ मंसिर २०८२, सोमबार

नारदमुनी ओलीको प्यानलमा परेनन्




धनगढी/ नेकपा (एमाले) को ११ औ महाधिवेशनमा हालका पोलिटब्युरो सदस्य नारदमुनी राना अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको प्यानलमा नपर्दा निकटस्थहरु आक्रोशित भएका छन् ।

राना लामो समयदेखि ओली समुहमा रहदै आएका छन् । ०६४ मा संविधान सभा सदस्य र २०७४ मा डा. आरजु राणादेउवाललाई पराजित गरेका राना कैलाली क्षेत्र नम्बर ५ मा लोकप्रिय छन् ।

उनी ०४९ मा तत्कालिन धनगढी नगरपालिकाका उपमेयर पनि थिए ।

यसैबीचमा सचिवमा उठाउन खोजिएका लेखराज भटट्लाई उपमहासचिवमा मनोनयन गराइएको छ । भट्टले सचिवमा उम्मेदवारी दिन नमानेपछि भानुभक्त ढकाललाई सचिवमा राखेर भट्टलाई उपमहासचिव बनाइको छ ।

भट्ट निकटले नारदलाई ओली प्यानलमा राख्ने प्रयास भइरहेको बताएको छ ।

एमालेले आज मनोनयन गराएको छ भने पुस १ गते चुनाव हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार