१२ श्रावण २०८१, शनिबार

निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण



धनगढी । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), कैलालीले स्थानीय तहको निर्वाचन पर्यवेक्षणमा खटिनेहरूका लागि सोमबार अभिमुखीकरण गरेको छ ।
निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित भए नभएको अवलोकन पर्यवेक्षणका लागि हरेक स्थानीय तहका दुई वटा मतदान केन्द्रमा पर्यवेक्षक
खटाइने नियोकका कैलाली संयोजक नन्दराज पन्तले बताए ।
अभिमुखीकरणमा निर्वाचन आचारसंहिता, पर्यवेक्षकले गर्न हुने र नहुने कार्य तथा निर्वाचनका दिन नियोकले मतदान केन्द्रका गतिविधि कल सेन्टरबाट प्रसारण गर्ने लगायतका काम कसरी गर्ने भन्ने विषयमा जानकारी दिइएको थियो ।
अभिमुखीकरण कार्यक्रममा नियोकका प्रदेश संयोजक देवी खनाल, एनडीआइका वित्त सहायक संजोग श्रीवास्तवले सहजीकरण गरेका थिए ।
कार्यक्रममा कैलालीका १३ स्थानीय तहबाट दुई/दुई जना र नियोक जिल्ला समितिका पदाधिकारीहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार