अवरोधयुक्त अभियान सञ्चालन



धनगढी । अपांगता भएका ब्यक्तिहरूका लागि स्वावलम्वन जीवन पद्धती केन्द्र, कैलालीले जिल्लास्थित सरकारी कार्यालयमा अपांगतामैत्री भौतिक संरचना निर्माण सम्बन्धि अवरोधयुक्त अभियान संचालन गरेको छ ।
केन्द्रले आइतबार धनगढीस्थित विभिन्न सरकारी कार्यालयमा सो सम्बन्धी अपिल प्रस्तुत गरी प्रतिबद्धता गराएको छ ।
केन्द्रले सरकारी कार्यालयमा बुझाएको अपिलमा शिक्षा, स्वास्थ्य, भौतिक संरचना लगायतका बिषयहरूमा सरोकारवालाको ध्यानाकर्षण गराईएको छ ।
केन्द्रका अध्यक्ष भिमबहादुर शाहको नेतृत्वमा सञ्चालन भएको एकदिने अभियानका क्रममा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला समन्वय समिति, महिला तथा वालवालिका कार्यालय, शिक्षा कार्यालय, राष्ट्रिय वाणिज्य बैंक, यातायात ब्यबस्था कार्यालयमा अपिल बुझाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्