१२ श्रावण २०८१, शनिबार

चुनावी गतिविधि : काँग्रेसले चुनावी प्रचारप्रसारलाई अझ तीब्र बनायो



धनगढी । नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिका लगायत कैलालीका सबै १३ स्थानीय तहमा चुनावी प्रचारप्रसार व्यापक बनाएको छ ।
चुनावी प्रचारप्रसारका क्रममा आइतबार धनगढी उपमहानगरपालिकाका वडा नम्बर ७, १२ र १९ मा र्‍याली तथा कोणसभाहरू भएका छन् ।
विभिन्न वडामा भएका कोणसभामा कैलाली क्षेत्र नम्बर ६ का सांसद पुष्करनाथ ओझाले नेपाली काँग्रेस सधै जनताका पक्षमा लड्ने पार्टी भएकाले नगरको विकासका लागि पनि नेपाली काँग्रेसलाई मतदान गर्न आम मतदातालाई अपिल गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिवद्वय पुर्ण कुँवर र दीपकराज जोशी, महासमिति सदस्य आनन्दराज जोशी, उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार नृप ओड, उपमेयरका उम्मेदवार सुशीला मिश्र भट्ट, पूर्व क्षेत्रीय सभापति उद्धव विष्ट तथा सम्बन्धित वडाका अध्यक्षका उम्मेदवारहरूले मन्तव्य व्यक्त गरेका थिए ।
कोणसभामा ठूलो संख्यामा नेताकार्यकर्ता तथा स्थानीयको सहभागिता रहेको थियो ।
उपमहानगरपालिका वडा नम्बर ७ मा वडा भएको कार्यक्रम वडा समिति सभापति देव सेठ्ठीको अध्यक्षतामा भएको थियो । त्यस्तै, वडा नम्बर १२ मा वडा सभापति गणेशप्रताप जोशी र १९ मा वडा सभापति हेमप्रसाद गौतमको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार