स्वयंसेवक भेला



धनगढी । आसन्न स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी नेकपा एमालेले शनिबार धनगढीमा स्वयंसेवक भेला आयोजना गरेको छ ।
भेलाको एमालेका केन्द्रीय सदस्य महेश्वर पाठकले उद्घाटन गरे । कार्यक्रम एमालेको धनगढी उपमहानगरपालिका युवा परिचालन कमिटीको आयोजनामा भएको थियो ।
भेला युवा परिचालन समितिका संयोजक नेपालु चौधरीको अध्यक्षतामा भएको थियो । सो अवसरमा उपमहानगरपालिमा एमालेका मेयर पदका उम्मेदवार दुर्गाप्रसाद जोशी, एमाले प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदी, जिल्ला सचिव रणबहादुर चन्द, संघका केन्द्रिय सचिव बचनबहादुर सिंह, केन्द्रिय सदस्य राजेश खाती, मदनराज रेग्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा उपमहानगरपालिकाका १९ वटै वडाका युवाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्