६ कार्तिक २०८१, मंगलवार

‘इंग्लिस स्पीक कम्पिटिसन’ कार्यक्रम



धनगढी । शीतल एकेडेमीको आयोजनामा शनिबार धनगढीमा इंग्लिस स्पीक कम्पिटिसन र लक्की स्टुडेण्ट छनोट कार्यक्रम भएको छ ।
कार्यक्रम राष्ट्रिय उपभोक्ता मञ्च, कैलालीका अध्यक्ष हरि रेग्मीको प्रमुख आतिथ्यतामा भएको थियो ।
शितल एकेडेमीमा प्रमुख गंगाराम रेग्मीले विद्यार्थीहरूमा अंग्रेजी भाषामा दक्षता बृद्धि होस् भन्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बताए ।
इङलिस स्पीक कम्पिटिसनमा एक सय बढी विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा रक्षा गिरी प्रथम, हंस राना द्वितीय र सीताराम चौधरी तृतीय भएका थिए ।
विजेता विद्यार्थीलाई क्रमश: डीभिडी प्लेयर, भित्ते घडी र ब्याडमिन्टन पुरस्कारस्वरुप प्रदान गरियो ।
कार्यक्रमको निर्णायकमा शिक्षक ओम पाण्डे र शीतल एकेडेमीका यमुना बोहरा निर्णायक रहेका थिए ।
यसैगरी लक्की स्टुडेण्ट छनोमा दीपेन्द्र भण्डारी चयन भएका छन् । सो प्रतियेगितामा ७० जना सहभागि रहेका थिए ।
विजेता भण्डारीलाई शीतल एकेडेमीका तर्फबाट एकेडेमी अन्तरगतका नेपाल र भारतका जुनसुकै शाखामा नि:शुल्क पठनपाठन र पाठ्यपुस्तक उपलब्ध गराइने प्रमुख रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार