१२ श्रावण २०८१, शनिबार

नदी नियन्त्रण र ढल निकास गर्नेलाइ भोट



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० का जनताले नदी नियन्त्रण र ढल निकास गर्ने उम्मेदवारलाई मत दिने बताएका छन ।
वर्षेनी कान्द्रा नदीको कटान र वजारमा ढल जम्ने समस्याबाट वाक्क आजित बनेका स्थानीयले नी नियन्त्रण र ढल निकासको उचित व्यवस्थाको विश्वासयोग्य प्रतिवद्धता दिने उम्मेदवारले मत पाउने बताए । स्थानीय डम्मर घिमिरेले भने– हाम्रा यी समस्या समाधान गर्ने उम्मेदवारलाई नै हामी मत दिनेछौं ।
अर्का स्थानीय राजेश चौधरीले आफूले मत माग्न आउने दल तथा उम्मेदवारलाई समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेमात्र मत दिने बताए ।
त्यस्तै, भूवन मिश्रले विभिन्न राजनीतिक दल तथा उम्मेदवारले महत्त्वकांक्षी योजना र ठुलाठुला सपना देखाएर मत माग्न आउने गरेको भए पनि आफूहरूको पहिलो प्राथमिकता नदी कटान र ढल निकास रहेको बताए ।
स्थानिय सरकार निर्माणमा जनताको महत्त्वपूर्ण भूमिका रहेकोले उम्ेदवार तथा राजनीतिक दलहरूले स्थानीय तहका समस्या र चुनौतिको राम्ररी पहिचान गरी समाधानको ठोस योजनासहित मत माग्न आउनुपर्ने अर्का स्थानीय गंगाराम पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार