६ कार्तिक २०८१, मंगलवार

सर्पको टोकाईबाट महिलाको मृत्यु



धनगढी । धनगढी उपमहानगरपालिका–३, डिलाशैनी टोलमा सर्पको टोकाईबाट शनिबार एक महिलाको मृत्यु भएको छ ।
घरको भान्सामा मही बनाइरहेको अवस्थामा ५२ वर्षीया भृकुुटी बिष्टलाई सर्पले टोकेको बताइएको छ ।
सर्पले टोकेपछि उपचारका लागि सेती अञ्चल अस्पताल पुर्‍याइएकी उनको उपचारका क्रममा मृत्यु भएको इमरजेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराले बताए ।
मृतक बिष्टका दुई छोरा हाल रोजगारीका सिलसिलामा भारतमा रहेका छन् । उनको शनिबार नै दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार