७ पुष २०८१, आईतवार

सामाजिक शिक्षकका लागि अभिमुखीकरण



सुखड । सामाजिक विषयका शिक्षकका लागि कैलालीको सुखडमा शुक्रबार सुरक्षित वैदेशिक रोजगार सम्वन्धी अभिमुखीकरण भएको छ ।
सञ्चार प्रतिष्ठान नेपाल कैलालीको आयोजनामा जिल्लाका ३३ विद्यालयका सामाजिक अध्ययन विषयका शिक्षकका लागि सो अभिमुखीकरण गरिएको जनाइएको छ ।
माध्यमिक विद्यालय तहमा सामाजिक विषयमा रहेको पाठ्यक्रमलाई सन्दर्भ सामग्रीसहित अध्यापन गराउन र सुरक्षित वैदेशिक रोजगारीका विविध पक्षमा जानकारी गराउन सो अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी) का कैलालीका जिल्ला संयोजक पञ्चराम चौधरीले बताए ।
कार्यक्रमका सहभागी शिक्षकलाई नेपालमा वैदेशिक रोजगारको अवस्था, सुरक्षित आप्रवासनका पहल र सामाजिक शिक्षाको पाठ्यक्रमम अध्यापन र शिक्षकको भूमिकाका विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रमका इलाका प्रशासन कार्यालय सुखडका प्रमुख सितलसिंह उखेडा, चुहा श्रोत केन्द्रका स्रोत व्यक्ति टीकाराम जोशी, पञ्चोदय माविका सहायक प्रधानाध्यापक हिमालाल भण्डारी, सरस्वती मावि मनेहराका प्रधानाध्यापक ज्ञानेन्द्र शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार