११ श्रावण २०८१, शुक्रबार

मेलानको वार्षिकोत्सवमा विविध कार्यक्रम



धनगढी । स्वास्थ्य प्रयोगशालाकर्मीहरूको पेशागत संगठन मेडिकल ल्यावरोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) को १२ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार धनगढीमा विभिन्न कार्यक्रम भएका छन् ।
मेलानको स्थापना भएको १२ वर्ष पुगेको अवसरमा रक्तदान, लुगाकपडा वितरण, अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
धनगढीको पार्कमोडमा आयोजना गरिएको रक्तदान कार्यक्रममा चिकित्सक, एसोसिएसनका पदाधिकारी तथा सदस्य, मेडिकल शैक्षिक संस्थाका शिक्षक, विद्यार्थी तथा सर्वसाधारणले रक्तदान गरेका छन् ।
सो अवसरमा ६० जनाले रक्तदान गरेको मेलानका कैलाली अध्यक्ष मीनबहादुर धामीले जानकारी दिए ।
त्यस्तै, जनजाती कल्याण आश्रम नेपाल, आमाको माया छात्रावासमा रहेका वालवालिकाहरूलाई लत्ताकपडा वितरण गरिएको छ ।
त्यस्तै, स्थापना दिवसको अवसरमा स्वास्थ्य प्रयोगशालाकर्मीहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको थियो ।
मेलानका जिल्ला अध्यक्ष धामीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा मेलानका केन्द्रिय सदस्य दीपक जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको महेन्द्र साउदले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार