द्वन्द्वकालमा ज्यान गुमाएकाहरूका परिवारलाई सम्मान



पथरैया । विगतको द्वन्द्वकालमा ज्यान गुमाएकाहरूका परिवारलाई स्थानीय शान्ति समितिले बिहीबार सम्मान गरेको छ । कैलालीको साविक पथरैया गाविसमा द्वन्द्वकालमा ज्यान गुमाएकाहरूका परिवारलाई एक कार्यक्रमबीच सम्मान गरियो ।
द्वन्द्वकालमा ज्यान गुमाएकाहरूका परिवार सदस्य मोतिकला विक, सुन्दरी चौधरी, लहानी चौधरी, सुकराम चौधरी, जमुना विष्ट, भैरव साउँद, पूजा चौधरी, चिन्की चौधरी र पुन्सा थारूका परिवारलाई प्रतिपरिवार दुई हजार रुपैयाँ वितरण गरिएको थियो ।
साविकको पथरैया गाविसस्थित शान्ति समिति संयोजक गंगा थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव नारदानन्द उपाध्याय, नेपाली काँग्रेसका जयराज न्यौपाने, माओबादी केन्द्रका हर्कबहादुर खड्का, लक्ष्मण चौधरी, होमलाल चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
शान्ति समिति सदस्य खकेन्द्र भण्डारीले स्वागत गरेको कार्यक्रमको प्रेमबहादुर बुढाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्