१२ श्रावण २०८१, शनिबार

अपाङ्गता भएकाहरूका लागि सीपविकास तालिम



पहलमानपुर । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५, सेउकलियामा अपाङ्गता भएका व्यक्तिहरूका लागि बिहीबारदेखि बेतबाँस तालिम सञ्चालन गरिएको छ ।
घोडाघोडी नगरपालिकाको आर्थिक सहयोग तथा समाज परिवर्तनका लागि वातावरण संरक्षण प्रवद्र्धन नेपालको आयोजनामा सो तालिम सञ्चालन भएको जनाइएको छ । तालिम पाँच दिनसम्म सञ्चालन हुने छ ।
कार्यक्रम संस्थाका अध्यक्ष चन्द्रप्रकाश चौधरीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा इलाका प्रशासन कार्यालय, सुखडका प्रमुख सितलसिंह उखेरा, फूलवारी सामुदायिक वनका अध्यक्ष रामदिन चौधरी, भलमन्सा पुरन चौधरी, पञ्चराम चौधरी, बलबहादुर पनाडी, बृखबहादुर बुढा, ज्ञानेन्द्रबहादुर बास्तोला, कुम्भकर्ण चौधरी, सशस्त्र प्रहरी वल बेसक्याम्प पहलमानपुरका प्रमुख अनिल शाही लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तालिममा २० जनाको सहभागिता रहेको छ । कार्यक्रम सञ्चालन संस्थाका कोषाध्यक्ष अनिला चौधरीले गरेकी थिइन् भने सदस्य लक्ष्मी चौधरीको स्वागत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार