१२ श्रावण २०८१, शनिबार

मालेका चार जना एमालेमा प्रवेश



धनगढी । नेकपा मालेका जिल्ला कमिटी सदस्यसहित चार जना नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
मालेका जिल्ला कमिटी सदस्य धनबहादुर रोक्का, नगर कमिटी सदस्यहरू साुनदेवी शाही, सुशीला विष्ट र वसन्ती सिंह एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरूलाई बिहीबार एक कार्यक्रमका बीच नेकपा (एमाले) केन्द्रीय सल्लाहकार सदस्य घनश्याम भट्टराई, टोल भेला अध्यक्ष लालबहादुर थापा, वडाध्यक्ष वीरबहादुर साउँदलगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार