२१ भाद्र २०८१, शुक्रबार

अवैध रूपमा भित्र्याइएको कुखुरा नष्ट गरियो



धनगढी । कैलालीको कैलारी गाउँपालिकामा अवैध रूपमा भित्र्याइएको कुखुरा बरामद गरी बुधबार नष्ट गरिएको छ ।
भारतबाट अवैध रूपमा भित्र्याउने क्रममा पोल्ट्री तथा माछा मासु व्यवसायी संघ र ईलाका प्रहरी कार्यालय हसुलियाले ६० किलो श्रीदेव कुखुरा बरामद गरेको थियो ।
प्रहरीले अवैध रूपमा कुखुरा भित्राउने कैलारी गाउँपालिकाको आशिष चौधरीलाई नियन्त्रणमा लिएको पोल्ट्री तथा माछा मासु व्यवसायी संघका अध्यक्ष जीतेन्द्र यादवले बताए । चौधरीले से १ प ६९९५ नम्बरको मोटरसाईकलमा भारतबाट अवैध रूपमा कुखुरा ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बरामद गरिएका कुखुरा कैलारी गाउँपालिकाका वडा सचिव विमलप्रकाश जोशी, पशुसेवा केन्द्र हसुलियाका लोकेन्द्र चौधरी, ईलाका प्रहरी कार्यालय हसुलियाका प्रहरी र पोल्ट्री तथा माछा मासु व्यवसायी संघका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार