१२ श्रावण २०८१, शनिबार

चुनावी गतिविधि : एमालेको घरदैलो कार्यक्रम



धनगढी । नेकपा एमालेले धनगढी उपमहानगरपालिकामा चुनाव प्रचारप्रसारका क्रममा घरदैलो अभियानलाई तीब्र बनाएको छ ।
एमाले नगर कमिटीका अनुसार बुधबार धजगढी उपमहानगरपालिका वडा नम्बर १९ को ‘सी’ गाउँ र ‘ए’ गाउँमा घरदैलो कार्यक्रम गरेको छ ।
घरदैलोमा एमाले कैलालीका उपाध्यक्ष नेपालु चौधरी, धनगढी उपमहानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार दुर्गाप्रसाद जोशी, उपमेयरका उम्मेदवार रुक्मणी देवकोटा लगायतको सहभागिता रहेको प्रचारप्रचार समिति सदस्य जयराज जोशीले बताए ।
त्यस्तै, नेकपा (एमाले) सम्बद्ध अखिल नेपाल महिला संघको आयोजनामा बुधबार धनगढीमा महिला भेला भएको छ ।
महिला संघका धनगढी नगर अध्यक्ष सानु साउँदको अध्यक्षतामा भएको भेलाको एमाले ७ नम्बर प्रदेश कमिटी सदस्य शारदा भट्टले उद्घाटन गरिन् ।
भेलामा एमालेका तर्फबाट मेयरका उम्मेदवार दुर्गाप्रसाद जोशी, उपमेयरका उम्मेदवार रुक्मणी देवकोटा, जिल्ला सचिवालय सदस्य सन्तोष शर्मा, अखिल नेपाल महिला संघकी केन्दिय सदस्य कलावती जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१९ नम्बर वडा अध्यक्ष कलशा विकले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन अनेमसंघ धनगढी नगर उपाध्यक्ष कन्दकला रानाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार