२१ भाद्र २०८१, शुक्रबार

बस दुर्घटनामा एकको मृत्यु, १७ घाइते



टीकापुर । कैलालीको लम्की–टीकापुर सडक खण्डको जानकी गाउँपालिका–७, पथरैयामा बुधबार बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।
दृर्घटनामा टीकापुर–१ का ४० वर्षीय जोधीप्रसाद चौधरीको मृत्यु भएको छ । उनी करुणा इंग्लिस स्कूलका संस्थापक/प्रिन्सिपल हुन् ।
टीकापुरदेखि धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५३० नम्बरको बसले अर्को सवारी साधानलाई ओभरट्याक गर्न खोज्दा बस सडकदेखि खाल्डोमा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते चार जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज रेफर गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । सामान्य घाइते १३ जनाको टीकापुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बस चालक अत्तरियाका ४० वर्षीय धर्मसिंह कुन्जेडा, लम्की चुहा–५ का पाँच वर्षीया सीता विक, बाँकेका ५० वर्षीया बालकुमारी मल्ल र जानकी गाउँपालिका वडा नम्बर १ का ६० वर्षीय राम सुनार गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार