११ श्रावण २०८१, शुक्रबार

कैलालीका केही क्षेत्रमा हर्न निषेध



धनगढी । सवारी चलाउँदा हर्न बजाउँदै हुनुहुन्छ भने अब सावधान हुनुहोस् । क्षेत्रीय ट्राफिक कार्यालयले आज (बिहीबार) देखि कैलालीका केही क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा गरेको छ ।
कार्यालयले गोदावरी नगरपालिकाको अत्तरिया चौक पूर्वमा सशस् त्र प्रहरी बलको पेट्रोल पम्प, पश्चिममा गोदावरी पुल, उत्तरमा दक्षिणकाली पेट्रोल पम्प र दक्षिणमा पाठक पेट्रोल पम्पसम्मको क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको छ ।
बुधबार एक सूचना जारी गर्दै क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले ती क्षेत्रमा हर्न नबजाउन सवारी चालकहरूलाई अनुरोध गरेको छ ।
ध्वनी प्रदुषणबाट मानिसको दिमाग तथा मुटुमा गम्भीर असर पर्ने भएकोले ध्वनी प्रदुषण न्यूनीकरणका लागि ती क्षेत्रमा हर्न निषेध गरिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख खड्गबहादुर भण्डारीले जानकारी दिए ।
उनले ती क्षेत्रभित्र कसैले हर्न बजाएको पाइएमा कानुन बमोजिम कारबाही गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार