२१ भाद्र २०८१, शुक्रबार

प्रधानमन्त्री देउवाद्वारा शपथग्रहण



काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री देउवाले शपथ लिएका हुन् । शपथ ग्रहण कार्यक्रम सकिएपछि प्रधानमन्त्री देउवा लैनचौरस्थित सहिद स्मारकमा माल्यार्पण गरी नेपाली कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर सानेपामा रहेको संस्थापक नेता बीपी कोइरालाको सालिकमा माल्यार्पण गरेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार