१२ श्रावण २०८१, शनिबार

अवैध काठ बरामद



धनगढी । कैलालीको भजनीमा प्रहरीले आईतबार राती अवैध रूपमा निकासी हुन लागेको अवस्थामा काठ र ट्राली बरामद गरेको छ ।
सिमा प्रहरी चौकीबाट खटिएको प्रहरी गस्ती टोलीले भजनी नगरपालिका वडा नम्बर ७, हुलाकी सडक खण्डमा टालीमा लादिएको अवस्थामा काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले हरियो रंगको ट्रालीमा ८४ क्युफिट काठ बरामद भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार