११ श्रावण २०८१, शुक्रबार

पतञ्जली योग नगर समिति



टीकापुर । कैलालीको टीकापुरमा पतञ्जली योग नगर समिति र टीकापुर योगाश्रमको संयुक्त आयोजनामा सोमबार ‘स्थानीय तह निर्वाचनका उम्मेदवारहरूका लागि शुभकामना तथा स्वस्थ समाज निर्माणमा हाम्रो प्रतिवद्धता’ विषयक कार्यक्रम भएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट टीकापुर नगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार ललित थापाले आफ्नो पार्टीको प्रतिवद्धतापत्रमा योग शिक्षालाई विद्यालय तहदेखि नै लागू गर्ने उल्लेख रहेको चर्चा गरे ।
टीकापुरलाई योग नगरीको रुपमा विकास गर्ने विषयबारे राजनीतिक दल तथा उम्मेदवारहरूको धारणा संकलन गर्ने क्रममा केही दिनदेखि कार्यक्रम भइरहेको छ ।
सोमबारको कार्यक्रममा सहभागी माओवादी केन्द्रका उम्मेदवार थापाले टीकापुरलाई योग नगर बनाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रम पतञ्जुली योग नगर समितीका अध्यक्ष बासदेव बजगाईको अध्यक्षतामा भएको थियो ।
कार्यक्रम सञ्चालन योग नगर समितिका महामन्त्री छविलाल जैशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार