१२ श्रावण २०८१, शनिबार

चार सय बढीलाई दृष्टि प्रदान



धनगढी । नेपाल नेत्राज्योति संघ, गेटा आँखा अस्पताल कैलालीको आयोजनाम दार्चुलामा सञ्चालित शिविरमा चार सय बढीलाई पुन:दृष्टि प्रदान गरिएको छ ।
दार्चुलाको लटिनाथ र खलंगा तथा बैतडीको गोठलापानी, कुलाउ र मेलौलीमा सञ्चालन गरिएको आँखा शिविरमा दृष्टि गुमाएका चार सय १७ जनालाई पुन:दृष्टि प्रदान गरिएको जनाइएको छ ।
ती क्षेत्रमा १२ दिनसम्म आँखा शिविर सञ्चालन भएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए ।
शिविरमा दुई हजार आठ सय दुई जनाको आँखा परीक्षण गरिएको थियो । शिविरमा चार सय २७ जनाको नि:शुल्क शल्यक्रिया गरिएको उनले बताए ।
त्यस्तै, तीन सय ९६ जनालाई नि:शुल्क चश्मा उपलब्ध गराइएको र एक हजार नौ सय ८९ जनालाई नि:शुल्क औषधि वितरण गरिएको थियो ।
गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डाक्टर सुवास भट्टको नेतृत्वमा सञ्चालित शिविरमा ११ जना प्राविधिकको टोलीले सेवा प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार