३१ भाद्र २०८१, सोमबार

डिसिए अन्तरविद्यालय क्रिकेट : लिटिल फ्लावर अन्तिम आठमा



धनगढी । धनगढीमा जारी डिसिए अन्तरविद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा लिटिल फ्लावर अन्तिम आठमा पुगेको छ ।
आइतबारको खेलमा लिटिल फ्लावरले ईमरेल्ड एकेडेमीलाई १६ रनले पारजीत गर्दै अन्तिम आठमा स्थान बनायो ।
टस जितेर ब्याटिङ गरेको लिटिल फ्लावरले २० ओभरमा सात विकेट गुमाउदै एक सय पाँच रन वनायो । टीमका लागि अनिल थापाले २४, कृष्ण धामीले १७ तथा अनुराग दास र चेतन विष्टले ११/११ रन वनाए ।
बलिङतर्फ ईमरेल्डका हिमांसु चन्द र रोहित सिंहले २/२ विकेट लिए ।
एक सय छ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको इमरेल्डले २० ओभरमा सात विकेट गुमाएर ८९ रन मात्रै वनाउन सक्यो ।
टीमका लागि हिमांसु चन्दले २०, रोहित सिंह र भरत सिंहले १२/१२ रन वनाए ।
लिटिल फ्लावरका लागि निराजन परियार र रमेश रावतले २/२ विकेट लिए । खेलमा लिटिल फ्लावरका निराजन परियार म्यान अफ द म्याच भए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार