३१ भाद्र २०८१, सोमबार

अन्तर्राष्ट्रिय योग दिवस मनाइदै



टीकापुर । कैलालीको टीकापुरमा विभिन्न कार्यक्रमसहित अन्तर्राष्ट्रिय योग दिवस बनाइने भएको छ ।
यस क्रममा आगामी असार ७ गते अन्तर्राष्ट्रिय योग दिवस मनाउन पतञ्जली योग नगर समिति, टीकापुरका महामन्त्री छविलाल जैशीको संयोजकत्वमा ‘मुल आयोजक समिति’ गठन गरिएको छ ।
पतञ्जली योग नगर समितिका पदाधिकारी, टीकापुर योगाश्रमका पदाधिकारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र योग प्रशिक्षकहरूको भेलाले दिवस मनाउने निर्णय गरेको पतञ्जली योग समिती कैलालीका महामन्त्री सर्वानन्द चपाईले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार