३१ भाद्र २०८१, सोमबार

प्लम्बिङ तालिम समापन



धनगढी । कैलालीको धनगढीमा सञ्चालन भएको नौ दिने प्लम्बिङ तालिम आइतबार समापन भएको छ ।
सिमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत जिल्ला समन्वय समितिले १२ गतेदेखि सो तालिम सञ्चालन गरेको जनाएको छ ।
तालिममा धनगढी उपमहानगरपालिकाको वडा नम्बर १, २ र ३ का गरि ४५ जनाको सहभागिता रहेको थियो ।
तालिममा जिल्ला समन्वय समितिका प्राविधिक तर्कराज जोशी, सोमराज ओझा र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्राविधिक दु:खीराम चौधरीले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार