१० श्रावण २०८१, बिहीबार

अविभेद सम्बन्धी कानूनी व्यवस्थाबारे छलफल



धनगढी । छुवाछूत मुुक्त राष्ट्र घोषणाको सन्दर्भमा आइतबार धनगढीमा अविभेद सम्बन्धी कानुुनी व्यवस्था र व्यवहारिक कार्यान्वयनको अवस्थाबारे छलफल भयो ।
कार्यक्रममा राष्ट्रिय दलित नेटवर्क कैलालीका संयोजक टेक विक, नेपाली काँग्रेसका नेता टेकबहादुर रैका, नेपाली काँग्रेसका कैलाली जिल्ला सचिव पूर्ण कुुँवर, नेकपा (एमाले)बाट धनगढी उपमहानगरपालिकाको मेयरका उम्मेदवार दुुर्गाप्रसाद जोशी, माओवादी केन्द्रकी उपमेयर पदकी उम्मेदवार शान्ति अधिकारी लगायतले अविभेद कानूनी व्यवस्था र व्यवहारबारे धारणा प्रस्तुत गरेका थिए ।
आरडीएन, डिडब्लुुआरएफ र एनएनडीएसडव्लुुओको संयुुक्त आयोजनामा भएको कार्यक्रममा एमालेबाट धनगढी उपमहानगरपालिकाकी उपमेयर पदकी उम्मेदवार रुकमणी देवकोटा, इन्सेकका क्षेत्रीय संयोजक खड्गराज जोशी, कैलाली बार एसोसियसनका अध्यक्ष प्रेम चन्द, एड्जस नेपालकी अध्यक्ष चित्रा पनेरू, नरबहादर विक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम आरडिएनका कोषाध्यक्ष जंगबहादुर सुनारको अध्यक्षतामा भएको थियो । डिडब्लुआरएफका निर्देशक सावित्रा घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन एनएनडीएसडब्ल्युओ कैलालीका अध्यक्ष चक्र विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार