३१ भाद्र २०८१, सोमबार

विप्लव माओवादीका कार्यकर्ता अनसनमा



धनगढी । विप्लव नेतृत्वको नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु शनिबारदेखि जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमै अनसनमा बसेका छन् ।
उनीहरूले झुठा मुद्दा खारेज गर्नुपर्ने, जिल्ला प्रशासन कार्यालयले तारिख वा धरौटीमा रिहा गरेकालाई छोड्नु पर्ने, पत्रपत्रिका पढ्न पाउनुपर्ने लगायतका माग राख्दै अनसनमा बसेको जनाइएको छ ।
विप्लव माओवादीका विमल धामी, वीरेन्द्र विक, रमेश साउँद, जनक धामुक, झलक विक, राजु दाहाल, कालीबहादुर शाही, धुव्र सञ्ज्याल, दिनेश थापा, राम कुवर, अशोक क्षेत्री, गणेश कार्की, शंकर खाती केही दिनदेखि थुनामा रहेका छन् ।
प्रहरीले उनीहरूलाई निर्वाचन आचारसंहिता उल्लंघन, शिक्षकमाथि दुव्र्यवहार, क्याम्पस प्रमुखको अपहरण लगायतका कार्यमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो ।
उता, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले अनसन बसेको हल्ला मात्रै भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार